युरोकप फुटबलअन्तर्गत बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो।
इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे भने बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काएका थिए।
यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमानसमेत बनाएको छ। अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।