अफगानिस्तानमा आतंकवादीले उडाए ११ जिल्ला जोड्ने पुल 

Photo - dailynews.uitvconnect.com
Photo - dailynews.uitvconnect.com

अफगानिस्तानको पूर्वी प्रान्त पाक्तिकामा सशस्त्र विद्रोही समूहले एक पुल उडाएको एक सरकारी प्रवक्ताले जनाएका छन्।

पुल पूर्णरुपमा नस्ट भएपछि प्रान्तीय राजधानी शेरणसँग कयौँ जिल्लाका स्थानीयको सम्पर्क टुटेको छ।

केही वर्षअघि लाखौँ अमेरिकी डलरमा पुलको निमार्ण गरिएको स्थानीय समाचारमाध्यमले जनाएका छन्।

पुलले प्रान्तीय राजधानी शेरण शहरसँग पाकिस्तानका विभिन्न स्थान र अफगानिस्तानका ११ जिल्ला जोडेको थियो। सशस्त्र विद्रोही समूहले पुल उडाएपछि यहाँका मानिसहरूलाई आउ–जाउ गर्न ठूलो समस्या आइपरेको छ।

तालिबान समूहले नै पुल उडाएको स्थानीयले आरोप लगाएका छन्। उनीहरूले भने, ‘यहाँका नागरिकलाई दुःख दिन आतंकवादी समूहको ठूलो हात छ।’

प्रकाशित मिति: : 2021-07-02 19:15:00

प्रतिकृया दिनुहोस्