गरम देउवाले किन ओढ्दैछन् 'नम्रताको कोट'?

पहिलोपोष्ट

काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'वेटिङ पिएम' भन्दै विपक्षी गठबन्धनले सम्पादकदेखि लेखकसँग लगालग छलफल गरिसकेका छन्। सधैं स्टेज चढेर माइक समातेर आफ्नो कुरामात्र सुनाउने दलका नेताहरु अहिले चुपचाप अरुका कुरा सुन्दैछन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव समूह र जनमोर्चाले चलाएको छलफलको चौथो शृंखलासम्मको छलफल हेर्दा गठबन्धनको नेतृत्व गरिरहेका देउवाले काँध पनि फेरेका छैनन्।

त्यसो त जसपा र जनमोर्चाले बोल्ने वक्ता फेरबदल गरिरहे पनि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि देउवाको साथसाथै देखिएका छन्।

प्रकाशित मिति: : 2021-07-02 12:06:00

प्रतिकृया दिनुहोस्