क्यानडाः चर्को गर्मीसँगै भीषण डढेलो

Photo- NDTV
Photo- NDTV

चर्को गर्मीले क्यानडाको जनजीवन तनावपूर्ण छ। गर्मीकै कारण कयौं मानिसले ज्यान समेत गुमाइसकेका छन्। यसपल्टको गर्मीले सबै रेकर्ड तोडेको मौसम विभागका अधिकारीहरूले बताएका छन्।

गर्मीले थलिएको पश्चिम क्यानडामा बुधबार रातिदेखि एकाएक डढेलो फैलिएको त्यहाँका मेयर जोन पोल्डरम्यानले जनाएका छन्। प्रकृति र स्थानीय बासिन्दाको सुरक्षाका लागि डढेलो खतरा रहेको छ। डढेलो फैलिएको ब्रिटिश कोलम्बिया प्रान्तको लिटल गाउँ वैंकूवर शहरदेखि २५० किलोमीटर उत्तरपूर्वमा पर्छ।

जंगलबाट शुरुभएको डढेलो तीब्र रुपमा गाउँतिर फैलिएपछि मानिसहरू सुरक्षित स्थानमा सारिएको छ। धुवाँ र आगोको लप्का गाउँतिर आउन थालेपछि स्थानीयहरू अन्यत्र सरेका छन्।

डढेलोले गाउँको ९० प्रतिशत भागमा असर पुर्‍याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन्। लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्‍याएको बीबीसीले जनाएको छ।

क्यानडामा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको छ। चर्को गर्मीले हालसम्म ६० भन्दा बढीको मृत्यु भइसकेको ओगेगनका स्वास्थ्य अधिकारीले बताएका छन्।

राज्यको काउन्टि मुल्टनोमा शुक्रबारदेखि चलेको ‘लू’का कारण ४५ जनाले ज्यान गुमाएका छन्।


अमेरिकी प्रशान्त क्षेत्रमा अहिलेसम्मकै उच्च तामक्रम, जनजीवन अस्त–ब्यस्त 

प्रकाशित मिति: : 2021-07-02 09:58:00

प्रतिकृया दिनुहोस्