ट्रम्पकाे कम्पनीले गरेको वित्तीय अपराधको परिणाम नआउँदै वित्तीय अधिकारीले प्रहरी समक्ष आत्मसमर्पण  गरे

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाका पुर्ब राष्ट्रपति डोनाल्ड ट्र्म्पको कम्पनीका प्रमुख वित्तीय अधिकारी (सी एफ ओ) एलन वीसलबर्गले कम्पनीको बारेमा भइरहेको जाँचको परिणाम आउनु भन्दा पहिले नै आफुलाई प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

समाचार एजेन्सीहरुका अनुसार ट्र्म्पको कम्पनीले गरेको वित्तीय अपराधको बारेमा बिगत दुई बर्षदेखि चलिरहेको जाँचपछि वीसलबर्ग र ट्र्म्प पक्राउ पर्ने लगभग पक्का जस्तै भएपछि उनले बिहीरबार आत्म समर्पण गरेका हुन्। 

ट्रम्पको कम्पनीहरुले सन् २०१६ देखि प्रति बर्ष एक हजार डलर मात्र कर तिरेको रहस्य बाहिर आएपछि सरकारी जाँच सुरु भएको थियाे।

उता पुर्ब राष्ट्रपति ट्रम्पले बिहीबार टेक्सासमा आफु माथिको आरोप अशिष्ट, खराब र पूर्वाग्रहले ग्रस्त भएको बताएका छन्।

न्यूयोर्कको मेनहट्टनको अदालतमा चलिरहेको यो मुद्दा मेनहट्टन को डिस्ट्रिक्ट अटॉ्र्नीर साइरस बेन्स जूनियर र न्यूयॉर्कको अटॉर्नी जनरल लेतितिया जेम्स ले दायर गरेका हुन्। यी दुवै राजनैतिक रुपमा डेमोक्रेटीक पार्टी का सदस्य हुन्। 

प्रकाशित मिति: : 2021-07-02 09:18:00

प्रतिकृया दिनुहोस्