भारतमा कोरोना भाइरसको दोस्रो लहरले आर्थिक क्षेत्र प्रभावित भएपनि लगानी बढिरहेको छ।
भारतमा कोरोना भाइरसको दोस्रो लहरको संकटको बाबजुद पनि नयाँ व्यापारहरुमा लगानी बढिरहेको डाटा रिसर्च योरस्टोरीले सार्वजनिक गरकाे हाे। यो बर्ष सन् २०२१ जनवरीदेखि मे सम्मको लगानी हेर्दा भारतमा लगानी सन्तुलित र सहि दिशामा रहेको बताईएको छ।
यो बर्षको पहिलो पाँच महिनामा मात्र आठ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको लगानी भएको योरस्टोरी रिसर्चले देखाएको छ। गत बर्ष २०२० को पहिलो छ महिनाको चार अब ८५ करोड अमेरिकी डलर बराबरको लगानी भन्दा यो बर्षको लगानी ८० प्रतिशत धेरै रहेको बताईएको छ। कोरोना भाइरस माहामारीले समग्र अर्थतन्त्रमा असर पारेपनि भारतमा वैदेशिक र आन्तरिक लगानीहरु बढीरहेको छ।
स्रोत: योरस्टोरी