कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा, चीनभर उत्सवै–उत्सव [फाेटाे फिचर]

Breaknlinks
Breaknlinks

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थापना भएको स्थापना भएको १०० वर्ष पुगेको पूरा भएकाे छ।

सन् १९२१ जून १ का दिन माओ त्से तुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीकाे स्थापना भएको थियाे। चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठूलो र कम्युनिस्ट पार्टी हो।

सीपीसीका सदस्य संख्या मात्र झण्डै १० करोड रहेको बुझिन्छ। सन् २०२० मा भारतको भारतीय जनता पार्टी पछि सिपिसी ९.१ करोड सदस्य सहित विश्वको दोश्रो ठूलो राजनैतिक दल हो।

शतवार्षिकी समारोहमा सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश थिए।

पार्टी स्थापना भएको १०० वर्षमा आर्थिक समाजको विकास र वैज्ञानिक शिक्षामा थप प्रगति गरेकाे छ।

पार्टी केन्द्रिय समितिले सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण महत्वपूर्ण कार्यभारको रूपमा लिएर यस वर्षको आरम्भमा चीनले गरिबी उन्मुलनको कार्यभार पूरा गरेर हालै मापदण्डमा ९ करोड ८९ लाख ९० हजार ग्रामिण क्षेत्रका गरिब जनसंख्यालाई पूर्ण रूपमा विपन्नताबाट मुक्त गरिसकेको छ।

महासचिव सी चिनफिङका अनुसार चिनियाँ जनताले उठेर धनी हुँदै बलियो तथा विकासको महान परिवर्तन सिर्जना गरेको छ।

एकसय वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँहरुलाई नेतृत्व गर्दै सिर्जना गरेको सबै प्रयासको मुख्य विषय जन गणतन्त्र चीनको महान पुनरुत्थानलाई साकार तुल्याउनु हो।

सन् १९२१ मा स्थापना भएको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको प्रथम अध्यक्ष माओले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए। मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ।

प्रकाशित मिति: : 2021-07-01 10:08:00

प्रतिकृया दिनुहोस्