सीमामा खटिए २ लाख भारतीय सैनिक, युद्ध विमान पनि तैनाथ

Photo- News18
Photo- News18

पूर्वी लद्दाखको गलवान उपत्यकाबाट शुरु भएको भारत–चीनको सीमा विवाद तत्कालै थाम्ने सम्भावना देखिँदैन।

पछिल्लोपल्ट भारतले चिनियाँ सीमाक्षेत्रमा कम्तिमा ५० हजार सैनिक खटाएको अब ब्लूमबर्गको रिपोर्टमा दावी गरिएको छ। चीनले सीमामा बलियो उपस्थिति जनाएपछि भारतले पनि ठूलो मात्रामा सैनिक तैनाथ गरेको बताइएको छ।

भारतले सीमा विवाद समाधान गर्न कूटनैतिक संवादसँगै सीमाक्षेत्रमा सैन्य गतिविधि बढवा दिन थालेको छ। भारतले विवादित सीमाक्षेत्रमा सैनिकसँगै युद्धक विमान समेत तैनाथ गरेको रिपोर्टमा उल्लेख छ।



युद्ध इतिहासको विवरण राख्नेबारे भारतीय रक्षामन्त्रीद्धारा नयाँ नीति अनुमोदन

‘डुरान्ड लाइन’ बन्द गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानकाे अफगानिस्तानलाई चेतावनी



सिमानामा भारतले कम्तिमा २ लाखभन्दा बढी सैनिक खटाएको छ। जो अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत ठूलो संख्या हो। तर, प्रधानमन्त्री कार्यालय तथा सैनिक प्रवक्ताको तर्फबाट भने यस बारे कुनै प्रतिक्रिया आएको छैन। 

मुठभेठ हुँदा प्रयाःजसो चिनियाँ थिचोमिचोमा पर्ने भारतीय सैनिकले यसपल्टदेखि चीनको भूमि कब्जा गर्न सक्नेसम्मको विकल्प आफ्नो सामुन्ने आएको दावी गरेका छन्।

रिपोर्टका अनुसार यीक्षेत्रमा चिनियाँ सैनिकको संख्या कसैलाई थाहा छैन। तर, सीमामा भारतले हल्लीखल्ली गरेपनि चीनले लगातार आक्रमक तयारी तीव्र पारेको स्रोतको दावी छ। 

अघिल्लो वर्ष गलवान उपत्यकामा दुईदेशका सैनिकबीचको मुठभेडले मनमुटाब अहिलेसम्म जारी छ। हिंसात्मक झडपमा दुबैतर्फ दर्जनौं सैनिकले ज्यान समेत गुमाए। लगतै सीमा समस्या सुल्झाउने उपाय बोकी भारतीय विदेशमन्त्री एस. जयशंकर चीन भ्रमणमा निस्केपनि चिनियाँ पक्षले कुनै वास्ता गरेन।


मुम्बईका ‘इन्काउन्टर स्पेशलिस्ट’ प्रदीप शर्मा प्रहरी फन्दामा

प्रकाशित मिति: : 2021-06-29 11:10:00

प्रतिकृया दिनुहोस्