मुम्बईका ‘इन्काउन्टर स्पेशलिस्ट’ प्रदीप शर्मा प्रहरी फन्दामा

Photo- The Quint
Photo- The Quint

मुम्बईस्थित राष्ट्रिय अन्वेषण एजेन्सी (एनआईए)को विशेष अदालतले शिवसेना नेता तथा ‘इन्काउन्टर स्पेशलिस्ट’ पूर्व प्रहरी अधिकारी प्रदीप शर्मा १२ दिनदेखि न्यायिक हिरासतमा छन्।

उनी रिलायन्स कम्पनीका अध्यक्ष तथा उद्योगपति मुकेश अम्बानीको घर छेउमा भेटिएको बम तथा व्यापारी मनसुख हिरनको हत्या प्रकरणमा जोडिएको आशंकापछि हिरासत पुगेका हुन्। 

अदालतले अन्य दुई आरोपी मनिष सोनी र सतिस मोथकुरीको हिरासत बसाँइ एनआईएले थपेको मुम्बई प्रहरीले जनाएको छ। चर्चित ‘मुठभेड विशेषज्ञ’ मानिने शर्मालाई सोनी र मोथकुरीसँगै पक्राउ गरिएको थियो। उनलाई सोमबार अदालतमा पेश गरिएको छ।

अम्बानी र हिरन प्रकरणमा मुछिएका अन्य आरोपी सन्तोष शेलार र आनन्द जाधव गत जून ११ का दिन मलाडबाट पक्राउ परेका थिए। शर्माका वकील सुदीपख पसबोलाले पूर्व प्रहरी अधिकारीको सुरक्षामा ध्यान दिनुपर्ने राय दिँदै ठाणेको हिरासतमा राख्न माग गरेका छन्। 

उनी मुम्बई प्रहरी प्रमुख हुँदा कयौँ प्रकरणको सफल नेतृत्व गरिसकेका छन्। राष्ट्रिय अन्वेषण एजेन्सीले वकीलको विरोध नगरे पनि विचारधीन कैदीलाई हिरासतमा राख्ने जेलरको अधिकार भएको स्पष्ट पारेको छ। 

दक्षिण मुम्बईमा गत फेब्रुअरी २४ का दिन अम्बानीको घर छेउमा भारी विस्फोटक पदार्थ फेला परेको थियो। यस घटनाबारे पटकपटक बयान दिएका व्यापारी हिरनको मार्च ५ का दिन मुब्रामा मृत भेटिएपछि सोधखोज तीव्र पारिएको मुम्बई प्रहरीले जनाएको छ। एनआईएले हिरन हत्याका आरोपी सोनी र मोथकुरीलाई सोमबार अदालतमा पुर्याएर थप प्रमाण पेश गरेको छ।

यसअघि भारतीय केन्द्रीय एजेन्सीले प्रहरी अधिकारी सचिन वाजे, रियाजुद्दीन काजी र सुनिल मानेलाई पक्रा गरेर अनुसन्धान गरिरहेको छ। पूर्व प्रहरी अधिकारी शर्मामाथि अम्वानी र हिरन प्रकरणको खोजतलास प्रभावित पार्न खोजेको अरोप लागेको छ। उनलाई व्यापारी हिरन हत्याको योजनाकार भएको समेत गम्भीर आरोप छ।

प्रकाशित मिति: : 2021-06-28 19:16:00

प्रतिकृया दिनुहोस्