टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन्। प्रमुख कन्सल्टेण्ट डा.बास्तोला सोमबार अस्पतालको निर्देशकमा नियुक्त भएका हुन्। 

अस्पतालका निर्देशक डा.सागरराज भण्डारी उमेरहदका कारण हालै मात्र अवकाश प्राप्त भएकापछि साेमबारकाे मन्त्रीपरिषद् बैठकले डा.बास्तोला निर्देशक  नियुक्त गरेकाे हाे। 

डा. बास्तोलाको नेतृत्वमा शुक्रराज अस्पतालका कोरोना संक्रमितको उपचार हुँदै आएको छ। 


 

प्रकाशित मिति: : 2021-06-28 19:40:00

प्रतिकृया दिनुहोस्