नेतादेखि न्यायालयसम्म ओलीको हमला

रातोपाटी

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले  विपक्षी राजनीतिक दलका शीर्ष नेता मात्रै होइन  सर्वोच्च अदालतका न्यायाधीश र बुद्धिजीवीहरूमाथि पनि तिखो शब्द बाण प्रहार गरेका छन्।

सोमबार सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले न्यायाधीश, बुद्धिजीवी र राजनीतिक दलका शीर्ष नेतामाथि पालैपालो खनिएका हुन्।

डेढ घण्टा सम्बोधन गरेका ओलीले अधिकांश समय काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका नेताहरूको आलोचनामै खर्चिए।

सम्बोधनका क्रममा ओली सबैभन्दा बढी आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको कार्यशैली र राजनीतिक व्यवहारमाथि प्रहार गर्न पुगे। उनले नेता नेपाललाई प्रचण्डको पुच्छर, लाज सरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भनेर टिप्पणी गरे।

जननेता मदन भण्डारीलाई साक्षी राखेर ओलीले आफूबाहेक अरू सबै नेता, संवैधानिक निकाय र बुद्धिजीवी कोही पनि ठिक बाटोमा नहिँडेको टिप्पणी गर्न भ्याए। उनले आफू बाहेक अरू सबै राजनीतिक दल र तिनका नेताहरू झुट र बेइमानीको राजनीतिबाहेक केही नगरेको दाबी गरे। प्रधानमन्त्री ओलीले कसलाई के भने ?

प्रकाशित मिति: : 2021-06-28 19:09:00

प्रतिकृया दिनुहोस्