चट्याङ लागेर दुई जनाको मृत्यु

File photo
File photo

वर्षासँगै परेको चट्याङ लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय रहेका छन्। 

जिल्ला प्रहरी कार्यालयक महोत्तरीका  प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको थियो। रासस 

प्रकाशित मिति: : 2021-06-28 17:16:00

प्रतिकृया दिनुहोस्