जम्मू-कश्मीरः आतंकवादीकाे निशानामा प्रहरी अधिकारी, श्रीमान-श्रीमतीको हत्या

Photo :  ANI
Photo : ANI

जम्मू–कश्मीरको पुलवामा जिल्लामा आतंकवादीले पूर्व विशेष प्रहरी अधिकारी (एसपीओ) र उनकी श्रीमतीको हत्या गरेको छ।

आइतबार राति घरभित्रै घुसेर गोली चलाउदा प्रहरी अधिकारी र उनकी श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

आतंकवादी आक्रमणबाट अवन्तीपुरका फैयाज अहमद र उनकी श्रीमती राजा बेगमको मृत्यु भएको छ। प्रहरीका अनुसार गम्भीर घाइते अहमदकी छोरी राफियाको अस्पतालमा उपचार जारी छ।

आतंकवादी समूहका केही सदस्य राति ११ बजे अहमदको घरभित्र पुगे र परिवार लक्षित अन्धाधुन्ध गोली चलाएको जम्मू–कश्मीरले जनाएको छ।

जम्मूस्थित एयर फोर्सको सिविर नजिकै आतंकवादी हमला भएको २४ घण्टाभित्रै एक प्रहरी अधिकारी र उनकी श्रीमतीको हत्या भएको हो।

जम्मू वायु सेवा पार्क छेउमा आइतबार विहानै ड्रोन आक्रमण भएको थियो। आक्रमणको आशंका पाकिस्तानी आतंकवादी संगठनमाथि गरिएको छ।

प्रकाशित मिति: : 2021-06-28 12:02:00

प्रतिकृया दिनुहोस्