वायुसेवा निगममा अनियमितताको चाङ

नागरिक दैनिक

शिवहरि घिमिरे

राष्ट्रिय सतर्कता केन्द्रले नेपाल वायुसेवा निगममा चरम आर्थिक हिनामिना र निगमका अपरेशन डाइरेक्टर दिपुराज जुहारचनको नियुक्ति गैरकानुनी रहेको ठहर्‍याएको छ। केन्द्रले यही असार २ गते राष्ट्रिय सतर्कता केन्द्रका सचिवलाई प्रतिवेदन निगमलाई पेस गर्दै जुहारचनको गैरकाुननी नियुक्तिलाई प्रमाणित गर्ने पदाधिकारीलाई समेत कानुनबमोजिम कारबाही गर्न नागरिक उड्यन प्राधिकरण र निगमलाई प्रतिवेदनमा सुझाव दिएको छ। सतर्कता केन्द्रको तर्फबाट प्रउ राजेन्द्रकुमार पोखरेल, प्रनाउ बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनीसहितको टोलीले २०७७ कात्तिक २३ को सतर्कता केन्द्रको पत्रादेशअनुसार वायुसेवामा छानबिन गरी प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनअनुसार, जुहारचन निगममा २०६४ असोज २८ गते नियम मिचेर को पाइलटमा नियुक्त भएका हुन्। निगमको विनियम २०५८ को दफा ३३ अनुसार उनको नियुक्ति ०७६ असोज ३१ मा अपरेसन विभाग निर्देशक पदमा गैरकानुनी ढंगले नियुक्ति भएको हो। सो पदका दाबेदार उनीभन्दा वरिष्ठ १८ जना पाइलट थिए। जेष्ठताको हिसाबले १९ औं नम्बरमा पर्ने जुहारचन नियमविपरीत नियुक्ति गरिएको सतर्कता केन्द्रको ठहर छ। निगमको अपरेशन म्यानुअलको दफा १.३.१ मा अपरेशन डाइरेक्टर बन्न २० वर्ष काम गरेको र निगम तथा नागरिक उड्डयन प्राधिकरणले कुनै कारबाही नगरेको हुनुपर्छ। 

प्रकाशित मिति: : 2021-06-28 08:42:00

प्रतिकृया दिनुहोस्