सहयोगीलाई ‘किस’ गरेको फोटो भाइरल भएपछि ब्रिटेन स्वास्थ्य मन्त्रीले दिए राजीनामा

Photo :  Dailymail
Photo : Dailymail

ब्रिटेनका स्वास्थ्य मन्त्री मेन्ट ह्यानककले ‘किस’ गरिरहेको फोटो भाइरल भएपछि राजीनामा दिएका छन्।

सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि स्वास्थ्य मन्त्री मेन्टले शनिबार पदबाट राजीनामा दिन बाध्य भएका हुन्।

सहयोगीसँग चुम्बन गर्दै गरेको फोटो एकाएक बाहिरिएलगतै मन्त्री मेन्टले कोरोना महामारीको समयमा सामाजिक दुरीको उल्लंघन गरेको आरोप लागेकाे छ।

प्रधानमन्त्री बोरिस जोनसनलाई आरोपी मन्त्रीले राजीनामा पत्र पठाइसकेको उनको सचिवालयले जनाएको छ। उनले पटक-पटक माफी मागे पनि आलोचना गर्ने क्रम रोकिएको छैन।

केही दिनअघि मन्त्री मेन्टले कार्यालयकै एक सहयोगीसँग कोरोना नियमको उल्लंघन गरी मन्त्रालय बाहिर किस गरेकाे खुलासा भएकाे हाे।

कोरोना नियन्त्रणका लागि सामाजिक दुरी कायम गरी जनताको सेवामा खटिनुपर्ने स्वास्थ्य मन्त्रीले सहयोगीलाई ‘किस’ गरेको फोटो सार्वजनिक भएपछि ‘ट्रोल’को पात्र बनेका छन्।

प्रकाशित मिति: : 2021-06-27 08:01:00

प्रतिकृया दिनुहोस्