भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल

Photo - RSS
Photo - RSS

झलनाथ खनाल

कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने  कर्णाली नदीको सत्ती पुल भासिएको छ।

हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको  राजापुर क्षेत्र  भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन् । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए।

कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको  स्थानीय भीम बिकले जानकारी दिए।

पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो। रासस

प्रकाशित मिति: : 2021-06-26 18:07:00

प्रतिकृया दिनुहोस्