डोना हिमताल फुट्ने खतरा, के गर्न सकिन्छ?

देशसञ्चार

काठमाडौँ

टंक ढकाल

‘तत्कालका लागि कोरोना भाइरसको महामारीलाई प्राथमिकतामा राखिनु पर्छ । तर अरु सम्भावित विपदका लागि प्रतिकार्य योजना तथा पूर्व तयारीको कुरा पनि बिर्सनु हुँदैन । विशेष चासो यो बिहान भूकम्पको केन्द्रविन्दु रहेको भुलभुले मनास्लु हिमशृडखला स्थित डोना (ठुलागी) हिमताल भन्दा मात्रै २५ किलोमिटरको दूरीमा पर्छ, जुन ताल फुट्ने जोखिममा रहेका नेपालका हिमतालको सूचिमा माथि रहेको अध्ययनहरुमा उल्लेख छ।’

गएकाे जेठ ५ गते बिहान लमजुडको भुलभुले केन्द्रविन्दु भएर ५.८ तथा त्यसपछि गएका पाँच तथा चार रेक्टर माथिका थप भूकम्पपछि जलवायु वैज्ञानिक अरनीको पाण्डेले ट्वीट मार्फत व्यक्त गरेको चिन्ता हो यो ।

नेपालको पश्चिमी क्षेत्रमा विगत झण्डै पाँच सय वर्षयता ठूलो भूकम्प नगएको र सो क्षेत्र सम्भावित भूकम्पीय गतिविधिको उच्च जोखिममा रहेको भन्दै पाण्डेले जोखिमयुक्त हिमताल हुनुले ठूलो मानवीय तथा भौतिक क्षतिको डर थपेको उल्लेख गरेका छन् । हिमतालबाट हुन सक्ने सम्भावित जोखिम र नोक्सानीका लागि पूर्वतयारी तथा जोखिम न्यूनिकरणका लागि पर्याप्त ध्यान जानु पर्नेमा जोड दिएका छन् पाण्डेसहित वातावरणीय विपदजन्य अवस्थाका जानकारहरुले ।

झण्डै एक वर्ष पहिले सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा डोना ती तालहरुको सूचीमा पर्छ जसको संरचना र स्वरुप जोखिमयूक्त देखिएको छ । गएको महिनाको भूकम्पकै कारण भने त्यहाँ कुनै असर नपरेको विज्ञले बताएका छन् ।

प्रकाशित मिति: : 2021-06-26 17:10:00

प्रतिकृया दिनुहोस्