तमानखोलाको बोङ्गादोभान सिल

Symbolic photo
Symbolic photo

बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले बजार क्षेत्र एक हप्ताका लागि सिल गरेको छ। बजारमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो। 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन्ट परीक्षणमा वडा नं १ बोङ्गादोभान बजारमा मात्रै १७ सङ्क्रमित फेला परेका हुन्। 

सङ्क्रमण दर वृद्धि हुन थालेपछि गाउँपालिकाले शुक्रबारदेखि यही असार १७ गते राति १२ः०० बजेसम्मका लागि बजार पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए। रासस 

प्रकाशित मिति: : 2021-06-26 13:13:00

प्रतिकृया दिनुहोस्