भारतमा काेराेनाविरूद्धकाे  खोप लगाउनेकाे संख्या ३० करोड नाघ्यो 

Reuters
Reuters

भारतमा काेराेना भाइसरविरूद्धकाे खाेप लगाउनेकाे संख्या ३० कराेड नाघेकाे छ। 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार रिपार्ट सार्वजनिक गर्दै काेभिड–१९ विरूद्धकाे खोप लगाउनेकाे संख्या ३० करोड नाघेको जनाएकाे हाे।रिपोर्ट अनुसार कुल ३०.०९,६९,५३८ काेराेनाविरूद्धकाे खाेप लगाएका छन्। 

रिपाेर्ट अनुसार कोभिड-१९ विरूद्धकाे खोप कार्यक्रमको नयाँ चरण जुन २१ बाट सुरु भएदेखि बुधबार सम्म ६३.२६ लाख जनालाई  खोप दिइएको छ। 

मन्त्रालयले जनाए अनुसार बुधबार माात्रै १८-४४ बर्षका उमेर समुहलाई ४१.२३ लाख भन्दा बढी पहिलो चरणको खोप दिइएकाे छ, भने ६८,९०० भन्दा बढीलाई दोस्रो चरणको खोप  दिइएको छ।

रिपोर्ट अनुसार ३७ राज्य र केन्द्र शासित प्रदेशहरूमा यस समूहका ७,०२,११,०७५ व्यक्तिले पहिलो डोज पाइसकेका छन्, भने १४,९८, ११३ जनाले दोस्रो चरणका खोप लगाएका छन्।

आन्ध्र प्रदेश, असम, बिहार, छत्तीसगढ़, दिल्ली, गुजरात, हरियाणा, झारखंड, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, तमिलनाडु, तेलंगाना, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका १० लाख भन्दा बढी १८-४४ वर्षका उमेर समुहलाई कोभिड-१९ विरूद्धकाे खोप दिएकाे छ। 

प्रकाशित मिति: : 2021-06-26 09:16:00

प्रतिकृया दिनुहोस्