स्कलर्स स्पेसले मानव बेचबिखनविरुद्ध अभियान शुरु गर्ने

स्कलर्स स्पेसले एक महिनासम्म मानव बेचबिखनविरुद्ध र मानव बेचबिखनको पीडितलाई टेवा पुग्ने अभियान शुरु गर्ने भएको छ। 

मानव बेचबिखन अनुसन्धान ब्यूरो, माईती नेपाल र आफन्त नेपालको सहकार्यमा 'समाजलाई केहि दिनुपर्छ' भन्ने नाराका साथ उक्त अभियान शुरु हुन लागेको हो। 

सिस्टरहूड नेपाल र एम आर आर (MRR) प्रभाव साझेदार तथा आईटी स्टुडेन्ट्स अफ नेपाल र जिनेसी क्लाउड एकेडेमीको सहजकर्ता रहेको अभियानमा विभिन्न 'टक सो', 'प्यानल डिस्कसन' का साथै विभिन्न समाजसेवी, समाजका परिवर्तकलगायत खेलाडीहरुले मानव बेचबिखनविरुद्ध आवाज उठाउने छन्। 

असार १५ गतेदेखि साउन १५ सम्म सञ्चालन हुने अभियानमा करिब २५ वटा ट्रेनिंग सेसनहरु हुनेछन्। विभिन्न विधामा संचालन गरिने ट्रेनिंगहरु स्कलर्स स्पेसको वेबसाईटमा गएर रजिस्टर  गर्न सकिनेछ।  

Registration link : www.scholarsspace.com/campaign

ट्रेनिंगमा सहभागिता हुनका लागि न्युनतम ३०० शुल्क लाग्ने छन् भने निशुल्क ट्रेनिंगको पनि व्यवस्था मिलाइएको छ। ट्रेनिंग गर्नका लागि  रजिस्टर गरेपछि तोकिएको मितिबाट 'Zoom' मा live संचालन हुनेछन्।  ट्रेनिंगबाट उठेको पैसा भने श्रावण १५ गते (अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस) का दिन माईती नेपाललाई हस्तान्तरण गरिनेछ। 

सबै सिपमुलक तालिमहरुको रजिस्ट्रेसन् खुलिसकेको छ। 

https://www.scholarsspace.com/campaign  यो लिंकमा गएर अभियानको बारेमा विस्तुत जानकारी लिन सकिन्छ साथै सेसनहरुमा रजिस्ट्रेशन पनि गर्न सकिनेछ। 

कम्पनीका अनुसार यो अभियान केहि नारासहितको अभियान मात्रै नभई आफू संगसंगै सिंगो समाजलाई सचेत र क्षमतावान बनाउने प्रयास हो ।

'योर एक्शन फर अवारनेश' युवाको नाराबाट अगाडि बढ्ने सो अभियानमा सामाजिक आभियानता, सामाजिक संस्था, समाजका परिवर्तक, युवाका प्रेरणाका श्रोतहरु , लेखकहरु, विद्यार्थीहरु र समग्र नेपाली मनहरुलाई मानव बेचबिखन विरुद्ध आवाज उठाउन अनुरोध गरिएको छ। 

 

प्रकाशित मिति: : 2021-06-25 18:13:00

प्रतिकृया दिनुहोस्