कोभिड–१९ लगायतका माहामारीविरुद्ध विश्वको सहकार्य हुनुपर्ने भारतीय प्रधानमन्त्री मोदीको जोड

बिएल संवाददाता

नयाँ दिल्ली
dekhoyaar
dekhoyaar

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी कोभिड–१९ तथा भबिष्यमा आउन सक्ने माहामारीविरुद्ध विश्व समुदाय एक हुन आग्रह गरेका छन्।

जी सेभेन सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले कोभिड १९ लगायत भबिष्यमा हुने माहामारीविरुद्ध विश्वको सहकार्य हुनुपर्ने जोड गरेका हुन्। प्रधानमन्त्री मोदीले 'वान अर्थ, वान हेल्थ' अप्रोच लिएर यस्ता माहामारीहरुविरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताएका हुन्।

बेलायतको कर्नवाल शहरमा भएको ४७औँ जी सेभेन सम्मेलनमा प्रधानमन्त्री मोदीले यस्तो आग्रह गरेका हुन्। लोकतान्त्रीक तथा पारदर्शी समाजले यस्ता भबिष्यमा हुने माहामारीविरुद्ध 'वान अर्थ, वान हेल्थ'को अप्रोच लिनुपर्ने प्रधानमन्त्री मोदीले आग्रह गरे। कोरोना माहामारीविरुद्ध भारत सरकार, नागरिक समाज, उधोग क्षेत्रले लिएको कदम र योगदानबारे प्रधानमन्त्री मोदीले सम्मेलनमा बताए।

भारत र दक्षिण अफ्रिकाले कोभिड खोप उत्पादन, वितरण अनुमतिबारे विश्व व्यापार संगठनमा गरेको प्रस्तावमाथि सहयोग गर्न प्रधानमन्त्री मोदीले जी सेभेन राष्ट्रहरुलाई आग्रह गरे।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि खोपको बिषयमा प्रधानमन्त्री मोदीको समर्थन गरे। सात ठूला आर्थिक मुलुकहरु अमेरिका, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, ईटाली र जापानको सहकार्य जी सेभेन को सम्मेलनमा भारत तथा अष्ट्रेलिया पाहुना राष्ट्रको रुपमा उपस्थित रहेको थियो।

स्रोत: हिन्दुस्तान 

प्रकाशित मिति: : 2021-06-25 09:15:00

प्रतिकृया दिनुहोस्