'राजा आम्पाट' अर्थात् निलाे पानीकाे टापु [फाेटाे फिचर]

Remotelands.com

पृथ्वी- तपाईले सोचेको भन्दा सुन्दर छ। तपाईका आँखाले देखेको भन्दा ज्यादा सुन्दर।

प्रकृतिको सुन्दरता कति विशाल छ, तपाई पत्याउन सक्नुहुन्न। हामीले कल्पना गरेको भन्दा सुन्दर ठाउँ हो, राजा आम्पाट टापु।

पृथ्वीको अधिकांश भाग पानी छ। त्यही पानीले कति सुन्दर आवरण लिन्छ भन्ने प्रमाण हो, यो टापु। यस टापुलाई निलाे पानीकाे टापु पनि भन्ने गरेकाे पाइन्छ। इन्डोनेशियाको पश्चिमी प्रान्त पापुआमा पर्छ। यस टापुका सहायक अरु चार टापुहरु छन्, मिसुल, सलावती, बान्ता र वाइजियो।


Remotelands.com

यस टापुमा संसारकै सबैभन्दा सुन्दर जैविक र प्राकृतिक विविधता रहेको पाइन्छ। जर्मनको एक विश्व विद्यालयले सन् २०१४ देखि आफ्नो पाठ्यक्रममा समेत 'राजा आम्पाट'लाई शोधको विषय बनाउँदै आएको छ। यस विश्व विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो ग्र्याजुएशन पुरा गर्न यस क्षेत्रबारे रिर्पोट नै बनाउनु पर्ने प्रावधान छ।


coffeewithasliceoflife.com

यस टापुमा प्रशस्त 'डाइभ स्पटहरु' छन्। अन्य टापुहरुमा भन्दा यस टापुमा संसारकै सुन्दर चराहरु पाइन्छन्। यस क्षेत्रमा पाइने चराहरुको पखेट्टामा नौ वटा रङहरुको मिश्रण पाइन्छ।

यस क्षेत्रको बालुवा र पानी अन्य टापुहरुमा भन्दा सफा रहन्छ। पानी सधै निलो रहिरहन्छ र बालुवा सेता नै। यस क्षेत्रको भित्री भूभागहरुमा स-साना गुफाहरु छन्, जसले टापुको सुन्दरता अझै बढाएका छन्। यहाँको टापुसहितको समुद्रमा अनौठा माछाहरु पनि पाइन्छ। अध्ययनका अनुसार यस क्षेत्रकाे समुद्रमा एक सय ३३ प्रजातिका माछाहरु पाइन्छन्।


coffeewithasliceoflife.com

यस क्षेत्रमा प्राय व्यवसायीहरु र महंगा पर्यटकहरु जान्छन्। परिवार भ्रमण र सामुद्रिक खेलहरुको लागि यस क्षेत्र उपयुक्त मानिन्छ।

राजा अम्पाटको नाम कसरी रहन गयो भन्नेबारे यहाँको एउटा कथन पनि छ। नेदरल्याण्डसबाट वर्षौ पहिले एउटा लडाकुको लाश खोज्दै जाँदा यस क्षेत्र पनि भेटियो। तर यो पौराणिक कथन हो।


Remotelands.com

यस टापु नजिकका भूभागमा बस्ने नागरिकहरु प्राय माछा व्यवसायमा निर्भर छन्। यहाँबाट सामुद्रिक जहाजहरुमा विभिन्न देशसम्म माछा निर्यात पनि गरिन्छ। 

युरोपियन टुरिज्म बोर्डले यस टापुलाई संसारकै सुन्दर गन्तव्यको सूचीमा राखेको छ।


Remotelands.com


coffeewithasliceoflife.com

प्रकाशित मिति: : 2021-06-25 08:59:00

प्रतिकृया दिनुहोस्