
बिएल संवाददाता
काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान भएको छ।
उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन्।
‘शवको पहिचान भएको छ, शव सन्तोषी सुब्बाको भन्ने खुलेको छ। थप अनुसन्धान जारी छ।’, सिंहले बिएल नेपाली सेवासँग भने।
२७ वर्षीया सन्तोषी कालाेपुल बस्ने काभ्रेका धनबहादुर तामाङकी धर्मछोरी रहेकाे खुलेकाे एसएसपी सिंहले बताए।
उनका अनुसार १८ वर्ष पहिलादेखि धर्मछाेरी बनाएर राखेका थिए।
उनी आइतबारदेखि नै घरबाट हराएकाे पारिवारिक स्राेतले जनाएकाे छ।
दक्षिणकालीको शैचालयबाट प्रहरीले उक्त शव बरामद गरको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया