भारतले कोभिड–१९ बिरुद्धका स्वास्थ्य सामाग्रीमा कर घटायाे

बिएल संवाददाता

नयाँ दिल्ली
reuters
reuters

भारत सरकारले कोभिड १९ बिरुद्धका स्वास्थ्य सामाग्रीहरुमा कर घटाएको छ।अक्सिजन कन्सन्ट्रेटर, भेन्टीलेटर, पल्स अक्सिमिटर, स्यानीटाइजर जस्ता कोभिड १९ बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्रीहरुमा भारत सरकारले कर घटाएको हो।

कोरोना माहामारीाई मध्यनजर गर्दै भारत सरकाले १२ देखि १८ प्रतिशत लाग्ने कर ५ प्रतिशतमा झारेको छ। कोरोना भाइरस संक्रमित बिरामी तथा पीडितहरुलाई उपचार सहज बनाउन स्वास्थ्य सामाग्रीमा कर घटाएको राजस्व सचिव तरुन बजाजले जानकारी दिएका छन्।

कोरोना भाइरसको दोस्रो लहर जारी रहेको भारतमा दुई महिना अघि दैनिक चार लाख मानिस संक्रमति भएका थिए। पछिल्लो समय दैनिक संक्रमणको अनुपात ५५ हजार रहेको छ। भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड पुगेको छ।

प्रकाशित मिति: : 2021-06-23 12:33:00

प्रतिकृया दिनुहोस्