म्यान्मारमा चिनियाँ लगानी डुब्ने सम्भावना

सुधा अत्रि

म्यान्मार
GETTY IMAGES
GETTY IMAGES

म्यान्मारमा सैन्य 'कू'पछि चिनियाँ लगानी डुब्ने सम्भावना देखिन थालेकाे छ।

राजनीतिक खिचातानी चलिरहेकै बेला चिनियाँ नेतृत्वले अनेक लाभ लिन भयावह सपना बुनेपनि सबै प्रयासहरू असफल हुने विश्लेषकहरूले बताएका छन्।

चीन म्यान्मारमा लगानीसँगै तानाशाही सैनिककाे सारथी समेत मानिन्छ। जसले राजनीतिक 'कू'का लागि पर्दा पछाडीकाे भूमिका निर्वाह गरिरहेकाे छ।

सैन्य जुन्ताले जननिर्वाचित सत्ता हत्याएपछि म्यान्मारकाे अर्थतन्त्र ओरालो लागिरहेकाे छ। ठूल्ठूला लगानीका परियाेजनाहरू तहसनहस भएका छन्। देशभर काम गर्ने वातावरण छैन। चिनियाँ लगानीका प्रायः कम्पनीहरूमा म्यान्माली कामदार नै छैनन्। यसकारण पनि चिनियाँ कम्पनीहरू चिन्तित देखिन्छन्।

म्यान्मारकाे निर्वाचित सरकारमाथि सैनिक 'कू' गर्न चीनले साथ दिएकाे नागरिकहरू बताउँछन्। सैन्य सत्ता हटाउन प्रयासरत स्थानीयहरूले चीन नै सैनिक शासन जाेगाउन लागिपरेकाे शंका गर्छन्।

चीनले म्यान्मारमा अहिले गरिरहेकाे राजनीतिक हस्तक्षेप निकट भविस्यमा प्रष्टसँग देखिने स्थानीयहरूले दाबी गरेका छन्। सैन्य सत्ताले चिनियाँ नेतृत्वकाे आडमा जनतामाथि दमन गरिरहेकाे उनीहरूकाे आराेप छ।

चीनले लगानी गरेका कम्पनीहरूमा म्यान्माली जनताले तीव्र बहिस्कार गरेका छन्। चिनियाँ लगानीकर्ताले पछिल्लाे समय नयाँ–नयाँ चुनाैतीकाे सामना गर्नुपरेकाे छ।

अन्य देशहरू आफ्नाे लगानी रक्षा गर्न नयाँ याेजना अपनाउने प्रयास थालेपनि चीनकाे चाल म्यान्माली जनताले बुझिसकेकाे राजनीतिकज्ञहरू बताउँछन्।

चीनप्रति काेही सन्तुष्ट छैनन्। काेराेनाभाइरस संक्रमण त्रास फैलाउने दाेष उसैमाथि जान्छ। नयाँ–नयाँ समस्याहरूले सम्भावित परियाेजनाहरू ठप्प हुने हुने क्रम जारी छ। जनमानसमा चीनविराेधी भावना बढिरहेकाे छ।

म्यान्मारमा चिनियाँ लगानीकाे कार्यान्वयनमा थप चुनाैती नै चुनाैती थपिएकाे छ। चीन–म्यान्मार सम्बन्ध जनताकाे तहबाट बिल्कुलै टाढा देखिन्छ।

प्रकाशित मिति: : 2021-06-21 20:59:00

प्रतिकृया दिनुहोस्