मेलम्ची पीडाको रहस्य : भ्रेमाथाङको पहिरोले ल्याएको लेदोसहितको बाढी, त्यसमाथि मेलम्ची घ्याङको पहिरोको 'ट्रिगर'

पहिलोपोष्ट

काठमाडौँ

रविन निरौला (पीएचडी) -

असार १ गते मंगलवार दिउँसोबाट हेलम्बु क्षेत्रमा वर्षा शुरु भयो। उक्त पहिरोबारे शुक्रवार(हिजो)सम्म धेरैलाई ठम्याउन मुश्किल भयो। पहिरोको कारण पत्ता लाग्न सकेन। धेरैले मेलम्ची घ्याङमा गएको पहिरोले पानी थुनिँदा र त्यो फुटेपछि बाढी आएको ठाने। हामी पनि अन्यौलमै थियौं। कतिले मेलम्ची खानेपानीको ड्याम खोलेर पनि बाढी बढाएको अनुमान गरे।

तर, खोलामा जुन किसिमको पाँगो माटोको लेदो बगेर आएको थियो त्यसले धेरैलाई सोच्न बाध्य बनायो। आखिर यस्तो माटो कहाँबाट बगेर आयो? कारण खोजी सुरु भयो। शुक्रवार थाहा भयो सबैभन्दा उँचो भागमा गएको पहिरोबारे। भीषण पहिरो हेलम्बुको वडा १ मा रहेको भ्रेमाथाङमा गएको रहेछ।

भ्रेमाथाङ कस्तो ठाउँ?

लामटाङ राष्ट्रिय निकुञ्जको हेलम्बु क्षेत्रमा रहेको ठाउँ हो भ्रेमथाङ। यो उपत्यका जस्तै ४ वर्गमिटरमा फैलिएको छ। यहाँ केही साना ताल पनि छन्। यो भूभाग समुन्द्री सतहदेखि ३ हजार ५ सय मिटर उचाईमा रहेको छ। 

धेरै अघि हेलम्बुका बासिन्दा अन्य क्षेत्रमा झैं यहाँ पनि तीर्थाटनका लागि जाने गरेको पाइएको छ। पछिल्लो समय भने त्यहाँ तीर्थ जाने कुरा सुनिएको छैन। यही मंगलवार ठूलो पहिरो गएको छ। यहीको कालो माटो अहिले मेलम्चीको दोभानमा थुप्रिएको हो। कतिले हिमपहिरो अर्थात् 'ग्लासियर' फुट्यो पनि भनेका छन्। मेलम्चीको शिरमा ग्लासियर छैन।

 

 

 

प्रकाशित मिति: : 2021-06-19 17:46:00

प्रतिकृया दिनुहोस्