प्रदेश प्रमुख अहिराज र पूर्वनगरप्रमुख मिश्रको भेटघाट

Photo - RSS
Photo - RSS

प्रदेश नं २ का प्रमुख डा. राजेश झा अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख राजदेव मिश्रसँग भेटघाट गरेका छन्।

प्रदेश प्रमुख झा आज पूर्वनगरप्रमुख मिश्रको निजी निवासमा पुगेर उनीसँग भेटघाट गरेका थिए। भेटमा उनले मिश्रको स्वास्थ्यस्थितिबारे जानकारी लिए।

पूर्वनगर प्रमुख मिश्रको उच्च विचार र सदाचारी जीवनबाट आफूले धेरै कुरा सिक्न सक्ने बताए। भेटमा उनले ज्येष्ठ नागरिकको समस्याका बारेमा पनि मिश्रसँग छलफल गरेका थिए। रासस

प्रकाशित मिति: : 2021-06-18 20:37:00

प्रतिकृया दिनुहोस्