पृथ्वीमा मानिसलाई सबैभन्दा धेरै आकर्षित गर्ने कुनै वस्तु छ भने त्यो सुन्दरता हाे।
मानिसलाई आफ्नाे अधिनमा राख्ने वस्तु पनि सुन्दरता नै हाे। सुन्दरता मानिसको कमजोरी पनि हाे। यसले मानिसलाई आफ्नाे दास बनाएका कयौं उदाहरण छन्। यसको शक्ति र भक्ति मानिसको मानसिकतामा गहिरिएर बसेकाे हुन्छ। मानिस आफूले राेजेकाे, खाेजेकाे र चाहेको सुन्दर वस्तु प्राप्त गर्न जुनसुकै हर्कत गर्न तयार भएका धेरै उदाहरण छन्।
भारतीय प्रशिद्व कवि मल्लिक ज्यासी महम्मदकाे महाकाव्य पद्मावतमा मानिस सुन्दरताकाे लागि कति मरिहत्ते गर्न सक्छ भनेर चित्रण गरिएको छ। उक्त महाकाव्यमा मुसलमान बादसाह अलाउदिन खिल्जीले मेवारका राजपुत राजा रतन सिंहकी कान्छी रानी पद्मावती पाउन गरेको युद्धले के दर्शाएकाे छ भने सुन्दरताले मान्छेलाई अन्धभक्त बनाउँछ। बादशाह अलाउदिन खिल्जीसँग रूपवती रानी थिइन्। सबै सुखसयल थियो तर पद्मावतीकाे सुन्दरताकाे अगाडी खिल्जी हारे र युद्ध लड्न बाध्य भएका थिए। उनले हजारौंको हत्या गरे। धन सम्पत्तिको वास्ता गरेनन्, कारण पद्मावती थिइन्। उनको रुप थियो।
खिल्जीकाे पहिलो र अन्तिम लक्ष्य नै पद्मावति प्राप्ति थियो। यस्ता धेरै कथा इतिहास छन्, जहाँ सुन्दरताकाे निम्ति मानिस मार्ने र मर्न तयार भएका थिए।
परापुर्व कालदेखि आजकाे भैतिकवादी विश्वमा मान्छे सुन्दर र रङ्गिन हुन पराउँछ। ऊ क्षणिक विलासितामा विलीन हुन कत्ति आपत्ति राख्दैन। आजकाे बजारी युगको मूलमन्त्र पनि रङ्गिन र कथित सुन्दरता आधारित रहेको छ।
अहिलेका युवा-युवतीलाई हेरे हुन्छ, अझ सेल्फि र टिकटकमा उनीहरूले गरेको लगानीले थप पुष्टि गरेको छ। एउटा टिकटक भिडियोमा सुन्दर देखिन, मेकअप, लुगाकपडा र सम्पादनकाे भरभपुर सदुपयोग गरेका हुन्छन्। यति लगानी र लगाबका मुख्य कारण भनेको सुन्दर देखिनु र सुन्दरता आफूमा निहित छ भनेर देखाउनु हाे। त्यसको परिणाम जेसुकै किन नहाेस्। समाजले स्वीकार्ला-अस्वीकार गर्ला, मान्छेको मनमा बसिएला-नबसिएला तर मान्छे सुन्दरताकाे पछि लाग्न छाेड्दैन।
सुन्दरताकाे सवालमा सारा संसारका मानिसको धारणा फरक छ तर उदेश्य भने एउटै छ। कसरी हुन्छ सुन्दर वस्तु आफ्नाे बनाउने, अधिनमा राख्ने र सधैंको लागि सुन्दरता प्राप्ति गर्ने। खासमा सुन्दरता चुम्बकभन्दा कम छैन। यसकाे गुरुत्वाकर्षणले मान्छेलाई आफूतिर तानेको छ, बाँधेको छ र लुटेको छ।
वास्तवमा सुन्दरता हाे के ? कस्तो वस्तु या मानिसलाई सुन्दर मान्ने? किन, कसरी, केको धारमा एउटा निश्चित वस्तुलाई सुन्दरताकाे पगरी प्रदान गर्ने? सुन्दरताकाे मापन कुन पद्धतिबाट गर्ने? सायदै यी सरल देखिएका प्रश्नको उत्तर निकै जटिल हुन्छ, मै हुँ भन्ने प्रकाण्ड विद्वानलाई पनि सहज हुँदैन। भलै उसले विभिन्न तर्क दिनसक्छ तर सुन्दरताकाे अगाडी ती तर्क खण्डन् फिक्का हुन्छन्।
मानिसको नजरमा जुन वस्तु जति सुन्दर देखिन्छ, वास्तविकतामा त्यो वस्तु मानिसले देखेजस्ताे सुन्दर नहुन पनि सक्छ। अर्को कुरा उक्त वस्तुकाे सुन्दरतासँग गाँसिएका अन्य बहुरुप धेरै हुनसक्छन्। त्यो बहुरुप मानिसको अनुमानभन्दा कयौं गुणा फरक हुनसक्छ। सायदै त्यो रुप बहुरुपलाई व्याख्या गर्न कुनै राेमान्टिक कविलाई पनि हम्मे-हम्मे अवश्य पर्नेछ।
सुन्दरताकाे परिभाषा विचित्रको हुन्छ। यसलाई यदि कसैले निश्चित घेरामा राख्न खाेज्छ भने त्यो भ्रम हाे। यसलाई कसैले आफू अनकुल शब्दमा व्याख्या गर्छ भने त्यो दस्साहस हाे। सुन्दरता बगेको नदी जस्तै हाे। हरेक ऋतुमा नदीले जसरी आफ्ना फरक-फरक रुप देखाउँछ। वसन्त ऋतुमा देखिने नदी र वर्षा ऋतुमा देखिने नदीको रुप, सुन्दरता र आकारमा आकाश-पातलकाे भिन्नता छ। नदि उहीँ हाे, मुहान एउटै हाे, बाटो एक हाे तर रुप अनेक हुन्छन्। जसरी समय चलायमान छ त्यसरी सुन्दरता चलयामान छ, नदि जस्तै। याे कसैको अधिनभन्दा धेरै पर छ र फरक छ । यसको आयाम अनन्त र अविरल छ, समय जस्तै।
सुन्दरता समाज भूगोल र मनाेविज्ञान अनुसार फरक-फरक हुन्छ। अर्को कुरा मानिसलाई सुन्दर लागेको वस्तु, देखेको दृश्य क्षणिक हुन्छ, परिवर्तनशिल पनि। सुन्दरता आज छ भाेलि नहुन सक्छ। आज फेवाताल जुन रुपमा छ, भाेलि त्यो रुप र आकारकाे नहुन सक्छ। आजकाे राजेश हमाल र युगदेखि युगसम्मकाे राजेश हमालमा ठूलो अन्तर छ। त्यसकारण सुन्दरतालाई कसैले परिभाषा दिनु भनेको आफै रनभुल्लमा पर्नु हाे। अङ्ग्रेजीमा एउटा भनाइ छ, ' सुन्दरता मानिसको नजरमा निहित हुन्छ।' हिन्दीमा एउटा भनाइ छ, 'जब मन गधामा जान्छ तब अप्सराकाे कुनै मतलब हुँदैन।' हाे पनि र हेर्नेले कसरी गर्छ, कसरी मुल्यांकन गर्छ, त्यसमा भर पर्छ।
सुन्दरता कसैको अधिनमा बस्दैन। याे अमुर्त छ, परिवर्तनशील छ।
वास्तवमा सुन्दरता विचित्रको हुन्छ। यसको रुप, रङ्ग, आकारकाे सिमा हुँदैन। उदाहरणकाे लागि विश्व सुन्दरी प्रतियोगिता लिन सकिन्छ, जहाँ सयौं सुन्दरीहरु रङ्गिन दुनियाँकाे लागि सजिएका हुन्छन्। एउटा ठूलो मञ्चमा लस्करै उभिएका हुन्छन्। मानाैं त्यो मञ्च कुनै विश्व बगैंचा हाे, जहाँ सयौं थरीका फूलहरु एउटै बगैंचामा फुलेको छन्। काला, राता, सेता, हरिया, पहेँलो इत्यादि।
त्यस्तै युवती पनि विभिन्न रुपरङ्गका हुन्छन्, काेही काली कपाल नभएकी ओठ माेटा, काेही आँखा चिम्सा गाेरी पातली, काेही गाेरी चुच्चो नाक, ठूला आँखा भएकी हुन्छन्। हरेककाे रुप आ-आफ्नै भूगोल समाज सुहाउँदो हुन्छ। सबै आफैमा एकसय एक रूपवती हुन्छन्। भलै उनीहरूको रुपरङ्ग फरक हुन्छ तर उनीहरूमा एउटा समानता हुन्छ, त्यो हाे उनीहरुकाे सुन्दरता।
अधिकांश सुन्दरी रूपवती नै हुन्छन्। तर सबैलाई ती विश्वले सुन्दर मानेका सुन्दरी मन नपर्न सक्छ। कसैलाई काली, माेटा ओठ, कपाल नभएकी अफ्रिकी युवती असाध्यै मनपर्ला। कसैलाई उनी पटक्कै मन पर्दैन, अझ देख्दा रिस उठ्न सक्छ। भलै ती युवतीको उनलाई मन पराउने र नपराउनेसँग कुनै लिनुदिनु हुँदैन। तर मानिसको नजर र राेजाइ फरकफरक हुन्छ।
एउटालाई आकर्षित लाग्ने अर्कोलाई त्यस्तो नलाग्न सक्छ। नजर र राेजाइ विशुद्ध व्यक्तिगत हुन्छ। पुरुष र प्राकृतिक सुन्दरताकाे हकमा पनि त्यहीँ लागू हुन्छ। कसैलाई मुस्ताङ स्वर्ग लाग्ला, कसैलाई बाँझो मरभूमि लाग्ला। कसैलाई गुलाफप्रति एलर्जी हाेला त काेही मरिहत्ते गर्लान। 'Beauty lies in the eyes of beholder' त्यतिकै भनिएको हाेइन।
अलि अगाडीको कुरा हाे। घडीमा ४:४५ बजेको थियो। बसन्तपुर दरबार स्क्वायरभित्रकाे गद्दी बैठक अर्थात सेताे दरबार अगाडिकाे काठकाे बेन्चमा तीन जना युवा बसेका थिए। बेलाबेलामा एकअर्कासँग खासखुस गर्दै थए। एउटा कुरा स्पष्ट के थाहा हुन्थ्यो भने ती युवाहरुकाे नजर बाटामा हिँड्ने युवतीतिर थिए। छेवैकाे युवाले कालाे कुर्तामा सजिएकी युवतीलाई हेर्दै, कति सुन्दर केटी यार? हैट् बलिउड फिल्मकाे हिराेइन जस्तै। तत्कालै अर्को युवाले भन्यो, मलाई त्यो केटी ठिक लागेन यार, याे भन्दा अघिकै राम्री थिई। छ्या त्यस्तालाई राम्री भनेको, छेवैकाे केटाले जवाफ दियाे। प्रतिउत्तरमा तैले सुन्दरता के हाे त्यो बुझ्दैनस्, बीचकाे युवाले भने।
मेरो नजरमा पनि कालाे कुर्ता लगाएकी युवती एकदम आकर्षित थिइन्। काला चस्मा, राताे लिपिस्टिक र रेसमि केशले उनलाई एकदम सुहाएकाे थियो। उचाइ शारीरिक बनावटले उनको सुन्दरतामा थप सुगन्ध थपेझैं देखिन्थ्यो। के कारणले त्यो युवालाई ती युवती मन नपरेको हाेला? म साेच्दै थिए। खैर मन हाे, याे सबैको एक हुँदैन।
बेलुका घरमा टेलिभिजन हेर्दै थियौं, नीति शाह काँचकाे पर्दामा देखिन्। मैले काकालाई साेधे, काका उहाँ तपाईंलाई कस्तो लाग्छ? राम्री छन् नि साेधे। काकाले खस लबजमा 'क्या राम्री मानि त भाउ ताेइले' अर्थात तँलाई कसरी राम्री लागिन त, भन्नू भयो। मैले पुनः प्रश्न गरे, तपाईंलाई राम्री लागिन् र? साेधें। नाँई भन्नू भयो। कस्ता राम्रा लाग्छन् र तपाईंलाई ? साेधे! काकालाई हाम्रै ग्रामिण परिवेशकी लजालु स्वभाव भएकी मध्यम कध, गहुँ गाेरी, लामाे कालो केश, नाकमा झम्के बुलाखी, घुम्चाे ओडेकी, मख्मलकाे चाेलाे, धाेती लगाएकी महिलाको चित्रण गर्नुभयो। उहाँलाई त्यस्ताे प्रकारको सुन्दरताले आकर्षित गर्ने रहेछ। वास्तवमा सुन्दरताकाे सवालमा मानिसका नजर थरीथरीका हुन्छन्।
एकताका नेपालमा करिश्मा मानन्धर, रेखा थापाकाे थापाकाे सुन्दरताकाे खुब चर्चा हुन्थ्यो। उनीहरू सिनेमा हलका पर्दामा झुल्किँदा दर्शकहरु जाेडताेडले ताली बजाउँथे। उनीहरूको स्टाइल पछ्याउन खाेज्थे। यदाकदा सडकमा उनीहरू देखिँदा, हेर्न मानिसको थामिनसक्ने घुँइचाे हुन्थ्यो। तर रेखा-करिश्माकाे त्यो सुन्दरता अफ्रिकामा चल्दैन। चिनियाँ मानिसले मन नपराउन सक्छन्। त्यहाँका आम मानिसलाई उनीहरूकाे त्यो सुन्दरताले जसरी नेपाली नजरलाई आकर्षित गरेको छ त्यसरी आकर्षित गर्न सक्दैनौं। त्यस्तै अफ्रिकी रुपवतीकाे सुन्दरताकाे जादु नेपालमा चल्न सक्दैन। यदाकदा काेहीँ अफ्रिकी सुन्दरी मनपराउने भेटिएलान् तर धेरैको नजर रेखा करिश्माकै सुन्दरतामा अड्किएकाे हुन्छ। अर्कोतिर सुन्दरताकाे सिमित मिति हुनेरहेछ। करिश्मा रेखाकाे जुन रुपकाे चर्चा त्यतिबेला जति चल्थ्याे हिजोआज त्यो चर्चा सेलाएकाे छ। करिश्मा रेखाकाे सुन्दरतालाई ओझेलमा पार्न सक्ने नयाँ नायिका बजारमा देखिएका छन्। रेखा, करिश्मा नायिकाबाट चारित्रिक अभिनेत्री भएका छन्। याे प्रक्रिया निरन्तर चलिरहन्छ। आजका सुन्दर भाेलिका नराम्रा हुनसक्छन्। त्यो रुपमा आकर्षण हराएको हुनसक्छ, नजरकाे रङ्ग आकार बदलिएको हुनसक्छ।
अन्त्यमा, सुन्दरता आफैमा अचम्मको वस्तु हाे। यसभित्र न जादु छ न कुनै टुनामुना या इन्द्रजालका तन्त्रमन्त्र। तर पनि मानिसलाई कठपुतली बनाउन सफल भएको छ। आफ्नै वरिपरि घुम्ने पहरेदार, साधु सन्त, पागल प्रेमि जस्तै नतमस्तक बनाउने सक्ने यसकाे अद्भुत शक्ति अनाैठाे छ। यसको एकतर्फी खेल कुनै अमुर्त कलाभन्दा कम छैन। अब मानिस सुन्दरताकाे सवालमा अलि चलाख हुनु आवश्यक छ। अलि विवेक पुर्याउनुपर्ने देखिएको छ। अन्यथा सुन्दरताले दास बनाएका धेरै मानिस न घरका न घाटाका भएका छन्।
एउटा कुरा सुन्दरता भ्रम हाे। एक निश्चित मानिसले जुन वस्तुमा सुन्दरता देख्दैन, त्यसमा सुन्दरता हुनसक्छ। कुनै वस्तुमा केही नदेख्नु पनि भ्रम हाे। त्यसकारण भ्रमले सत्यतालाई ओझेलमा पर्छ र मानिसलाई निकम्मा बनाइदिन्छ। जुन, मानिसको लागि विशुद्ध घाटा हाे।