२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रले असाधारण, अद्वितीय उपलब्धी हासिल गरेका थिए । केन्द्रसहित ६ वटा प्रदेशमा वामपन्थी सरकार बन्यो । जनमतले पार्टी एकताका निम्ति दबाब पनि सिर्जना गर्यो । र, २०७५ जेठ ३ गते दुई पार्टी एकीकृत भएर नेकपा पनि बन्यो ।
तर, पार्टी एकताले पूर्णता नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको बाटो रोजेपछि नेकपा विघटन हुने स्थिति बन्यो ।
प्रधानमन्त्री ओलीको पहिलो कदम अदालतले सच्याइदियो । दोस्रो कदम अदालतमै विचाराधीन छ ।
तर, त्यसको असर प्रदेशमा देखिन थालेको छ । गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । अरू प्रदेशका सरकारहरू पनि सुरक्षित छैनन् ।
यिनै विषयमा आधारित भएर गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले इन्चार्ज पृथ्वी सुब्बा गुरूङसँग गरिएकाे कुराकानी :