मुख्यमन्त्री पोखरेलद्वारा भूमे पर्वको शुभकामना

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हुँदै गएको बताएका छन्।

आज शुभकामना सन्देश दिंदै उनले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री पोखरेलले यसबाट एकता, सदभाव र मेलमिलापको वातावरण बनाउन सहयोग गर्ने उल्लेख गर्दै यो पर्व प्रकृतिसँग सम्बन्धित भएकाले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ भनेका छन्।

उनले प्रकृतिले दिएको अमूल्य उपहार माटो, पानी, जीवजन्तु, रुख विरुवाको संरक्षण र सही उपयोग गर्दा मात्रै मानवको जीवन सरल र सहज हुने बताएका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासमा जोड दिएको उल्लेख गर्दै सन्देशमा अल्पसङ्ख्यक आदिवासी, पछाडि पारिएका समुदायको उत्थानका लागि संवैधानिक आयोग गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरिएको छ । यस अवसरमा रोल्पा र रुकुममा आज सार्वजनिक बिदा दिइएको छ। रासस

प्रकाशित मिति: : 2021-06-15 12:17:00

प्रतिकृया दिनुहोस्