सबै नागरिकलाई कोरोनाविरुद्धको खाेप लगाउन राष्ट्रपति बाइडेनको अनुरोध

forbes

अमेरिकी राष्ट्रपति जो बाइडेनले जनताहरुलाई छिटो भन्दा छिटो कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुरोध गरेका छन्। 

सोमबार ब्रसेल्समा भएको उत्तरी अत्लाण्टिक सन्धि संघठन (नाटो)मा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो राज्यका नागरिकलाई खोप लगाउन अनुरोध गरेका हुन्। 

कोरोनका कारण अमेरिकामा ६ लाख मान्छेको मृत्यु भएको स्मरण गर्दै उनले भने, 'अमेरिकामा अहिले पनि प्रतिदिन ३ सय ७० मान्छेको मृत्यु भइरहेको छ। यो निकै चिन्ताजनक बिषय हो।'

हालसम्म करिब ५० प्रतिशत नागरिकले मात्र दुबै डोज 'भ्याक्सिन' लगाएका छन्। अधिकांशले एक डोज लगाएका छन् भने कसैले खोप नै लगाएका छैनन्।

प्रकाशित मिति: : 2021-06-15 11:18:00

प्रतिकृया दिनुहोस्