कास्कीमा निषेधाज्ञा असार ७ गतेसम्म थपियो 

कास्कीमा असार ७ गतेसम्मको लागि जारी निषेधाज्ञा लम्ब्याइएको छ। आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै जारी निषेधाज्ञा थपिए पनि संक्रमणदर घट्दै गएको हुनाले केही सहज बनाएर निषेधाज्ञा जारी गरिएको जनाएको छ। तर, निषेधाज्ञाको मोडालिटी भने पूरानै छ। अत्यावश्यक बाहेकका सबै सेवा ठप्प रहने सूचनामा भनिएको छ।

दैनिक उपभोग्य सामान खरिदका लागि डिपार्टमेन्टल स्टोर्स बिहान ५ बजेदेखि १० बजेसम्म खोल्न पाइने भएको छ भने ताजा दुध बिहान पाँच बजेदेखि बेलुकी ७ बजेसम्म विक्रि वितरण गर्न पाइने छ।

निर्माणजन्य सामग्री खरिदका लागि साँझ ५ बजेदेखि ७ बजेसम्मको समयसीमा तोकिएको छ।

 

प्रकाशित मिति: : 2021-06-13 19:51:00

प्रतिकृया दिनुहोस्