गण्डकीमा नयाँ सरकारको पहिलो कामः पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने 

गण्डकीको नयाँ सरकारले पूर्वमुखमन्त्रीलाई सम्मान दिने ऐन बनाउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय गरेको हो।

हिजो गठन भएको ५ सदस्यीय मन्त्रिपरिषद् बैठकले कुमार खड्कालाई सरकारको प्रवक्तको रुपमा तोकेको छ। मन्त्रालय बाँडफाँड र थप जिम्मेवारी भने तोकिएको छैन।

नयाँ सरकारको प्रवक्ताको जिम्मेवारी पाएका कुमार खड्काले केन्द्रमा जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी दिए।

बजेट र नीति तथा कार्यक्रम पनि चाडै ल्याउनुपर्ने भएकाले पहिला त्यतातिर केन्द्रित हुने उनले बताए। उनले बजेट ल्याउन पूर्वमुख्यमन्त्री गुरुङसँग छलफल गर्ने बताए। स्वतन्त्र सांसद दीपक मनाङेसहित जसपाका हरिशरण आचार्य, कुमार खड्का र मधु अधिकारी बिना विभागीय मन्त्रीमा नियुक्त भई सकेका छन्।

प्रकाशित मिति: : 2021-06-13 13:30:00

प्रतिकृया दिनुहोस्