गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित ४ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले शपथ लिएका छन्। नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन्।

मन्त्रीमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रीको शपथ लिएका हुन्।

उनीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्।  तत्काललाई ११ वटै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफैँसँग राखेका छन्।



गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

प्रकाशित मिति: : 2021-06-12 20:41:00

प्रतिकृया दिनुहोस्