गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासकाे मत नपाएपछि शुक्रबार प्रदेश सरकार भंग भएकाे थियाे। त्यससँगै प्रदेश प्रमुख पाैडेलले नयाँ सरकार गठनका लागि शनिबार दिउँसाे तीन बजेसम्मकाे लागि दाबी पेश गर्न समय ताेकेकी थिइन्।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आह्वान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।
अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।