कुख्यात 'ड्रग माफिया' गुजम्यानकी पत्नी एम्‍मा पक्राउ

मेक्सिकोका कुख्यात "ड्रग माफिया" जोआक्विन अल चेपो गुजम्यानकी पत्नी एम्‍मा कोरोनेल ऐइसपुरोलाई अमेरिकामा विभिन्न प्रकारका अपराध गरेको कारण दोषी ठहराइएकाे छ। 

बिहिबार वासिंगटनको संघीय अदालतमा एम्माले आफ्नो पतिको अपराधिक गतिविधिमा सहयोग गरेको स्वीकार गरेकी छिन्।

अदालतले एम्म्मालाई तीन प्रमुख संघीय अपराध गरेकोमा दोषी ठहर गरेको हाे। एम्मालाई लामो समयदेखि हेरोइन, कोकिन, मारिजुआना र मेथामफेटामाइनको अबैध ओसारपसार गरेकाे तथा मनी लनड्रिङ्ग र तस्करहरुसँगको सम्बन्ध राखेकाे आराेप लागेकाे छ। 

गत फेब्रुअरीमा वासिंगटनस्थित डलेस अन्तर्राष्टिय विमानस्थलमा पक्राउ परेकी ३१ वर्षिया एम्म्माका वकिल जेफरी लिक्टमैनले पतिको अपराधको सजाय पत्नीलाई दिन नहुने जिकिर गरेकी थिइन्। तर उनको जिकिरलाई अदालतले अस्वीकार गर्याे। 

अदालतले एम्म्मालाई जानी-जानी आफ्नो पतिको अपराधमा संलग्न भएको र सहयोग गरेकोमा दोषी ठहर गरेको हो।

सरकारी वकिल एन्थोनी नारदोजीले एम्म्माले तस्करीको साथै आफ्ना विरोधीहरुलाई अपहरण, यातना र हत्या गर्ने आदेश दिएको पनि बताएका छन्। तस्कर गुजम्यानको करिब एक हजार हात हतियारसहितको सेना छ।

सरकारी वकिल नारदोजीले एम्म्मालाई आफ्नो पतिको सम्पूर्ण अपराधको बारेमा जानकारी र संलग्नता भएको कारण कडा सजायको माग गरेका थिए। यसबीच एम्म्माले केही दलालहरुको सहयोगमा जेलबाट भाग्ने योजना पनि बनाएको तर असफल भएको बताइएको  छ।

समाचार अनुसार एम्म्मालाई कम्तीमा दश वर्षको सश्रम काराबासको सजाय हुन सक्ने छ। अमेरिकाकी पूर्व टीनऐज ब्यूटी क्वीन एम्‍माले तस्कर गुजम्यान सँग सन् २००७ मा गोप्य रुपले विवाह गरेकी थिइन्। त्यो समय गुजम्यानलाई अमेरिका, मेक्सिको, ब्राजील, पेरू र अर्जेंटीनाको प्रहरीले पनि खोजिरहेको थियो।

हाल पनि अमेरिकी सरकारले गुजम्यानको लागि ३६ करोड डलरको पुरस्कार राखेको छ। तर उनी कँहा छ्न्, त्यो आजसम्म रहस्य नै छ।

प्रकाशित मिति: : 2021-06-11 19:06:00

प्रतिकृया दिनुहोस्