कालो ढुसी पीडितको दर्दानक कथाः १३ पटक अपरेशन गर्दा पनि एउटा आँखा गुमाउनुपर्‍याे

Photo - PTI
Photo - PTI

कोरोना भाइरस सङ्क्रमणको सङ्कटसँगै पछिल्लोपल्ट ‘कालो ढुसी’ (म्यूकरमाइकोसिस)ले आम–मानिसमा थप त्राश फैलाएको छ। यो खतरानाक सङ्क्रमण राजधानी काठमाडौं र सीमावर्ती शहरमा फाट्टफुट्ट देखा–पर्न थालेको नेपाली स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

छिमेकी देश भारतमा भने ढुसीको संक्रमण ज्यादै नै खतरनाक ढंगले फैलिएको देखिन्छ। कोरोनाको महामारी थेगिरहेका उनीहरूलाई कालो ढुसीले थप हैरान बनाएको पीडितहरू बताउँछन्। 

कतिपय यस्ता बिरामीहरू छन्, जसलाई कालो ढुसीको सङ्क्रमणले कहिल्यै भुल्न नसक्ने दुःख दिएको छ। सङ्क्रमित आँखा गुमाउन बाध्य छन् भने कतिले बङ्गारा निकाल्नुपरेको छ। 

खतरनाक रोगको चपेटामा परेका उनीहरू ‘आर्टिफिसियल’ आँखा र ‘रिकन्स्ट्रक्टिव सर्जरी’को सहाराले बाँच्ने कोशिश गरिरहेका छन्। 

उपचारमा संलग्न चिकित्सकको बयानः

नवीन पाल (४६) मध्य भारतमा सम्भवतः कालो ढुसी (म्यूकरमाइकोसिस)बाट सङ्क्रमित हुने पहिलो बिरामी हुन्।

अघिल्लो वर्षको कोरोना सङ्क्रित भएको हप्ता दिनमै उनको आँखा र दाँतमा समस्या भएको चिकित्सकले बताएका छन्। लगतै, उनलाई कालो ढुसीको सङ्क्रमण देखा परेको थियो।

नवीनको कम्तिमा ६ महिना अस्पतालमा उपचार चल्यो। यसबीच उनको १३ पटकसम्म अपरेशन भएको छ। शरीरभर ढुसीको सङ्क्रमण रोक्न उनले एउटा आँखा गुमाउन समेत राजी भए।

उपचारकै क्रममा उनले एक करोड ४८ लाख भारतीय रुपैयाँ खर्च गरिसेका छन्। एक करोड रुपैयाँ रेल्वे कम्पनीले खर्च गरेको छ। बाँकी ४८ लाख उनको परिवार जुटाएको हो। 

नवीनकी श्रीमती रेल्वेमा काम गर्छिन्। यसैकारण आर्थिक सहयोगका लागि सहज भएको अस्पतालले बताएको छ। उनी र उनको परिवार ज्यान जोगाउन पाएकोमा भने खुशी नै छ। तर, ढुसी सङ्क्रमणले जिन्दगीभर दर्दानक याद छाडेको नवीन बताउँछन्। 

प्रकाशित मिति: : 2021-06-13 06:10:00

प्रतिकृया दिनुहोस्