अफगानिस्तान युद्धः शान्तिपछि सुरक्षाकाे चिन्ता

Photo : Armytimes
Photo : Armytimes

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता ल्याउने प्रक्रिया आधाभन्दा बढी पूरा भएको छ।

आफ्ना सबै सेनालाई (४, जुलाई सम्ममा) फिर्ता ल्याउने अमेरिकी अधिकारीहरूले बताएका छन्। ग्रीष्मको अन्तिमतिर सेना अफगानिस्तानबाट उपकरणसहित फिर्ता आउने बताइएको छ।

अमेरिकाका शीर्ष कमाण्डर जनरल फ्रैंक म्याकेन्जीले रक्षामन्त्री लायड अस्टिनसँग सुरक्षा र आतंकवादविरूद्ध चलिरहेको संर्घषबारे सैन्य विकल्पको जानकारी दिनेछन्। उनीहरूले यसै साता अफगानिस्तानस्थित अमेरिकी दूतावासमा संवाद गर्ने बताइएको छ।

अमेरिकाको ‘सबैभन्दा लामो युद्व’ अन्त्यपछि अफगानिस्तानलाई अमेरिकी सहयोगबारे कुनै जानकारी छैन।

सेना फिर्तापछि अमेरिकीसँग काम गर्ने अफगानिस्तानका जनता सुरक्षित हुन्छन् या हुँदैनन् भन्नेमा चिन्ता थपिएको जानकारहरू बताउँछन्।

अफगानिस्तानबाट अमेरिकी सेनाहरू फिर्ता ल्याउने कदम राष्ट्रपति जो बाइडेनको राजनीतिक साखसँग समेत जोडिएको छ। सेना फिर्ता भएपछि अफगानिस्तानमा उत्पन्न हुनसक्ने सम्भावित अस्थिरता पनि चिन्ताको विषय बनेको छ।

११ सेप्टेम्बरमा विश्व व्यापार केन्द्रमा भएको आतंकवादी हमलाको जवाफमा अमेरिकाले २० वर्षअघि सुरु गरेको युद्धको महत्वमाथि पनि प्रश्न उठ्न सक्नेछ।

जनरल म्याकेन्जीले रक्षा मन्त्री अस्टिनलाई अल–कायदा, इस्लामिक स्टेट वा अन्य आतंकवादी समूहहरूको आंशकामा निगरानी गर्न चाहिने ड्रोन विमानबारे चर्चा गर्नेछन्।

स्रोतका अनुसार छिमेकी देशहरूमा अमेरिकी सेना र विमानको परिचालन आवश्यक नरहेको बताइएको छ। 

तालिवाननले मंगलबार एक वक्तव्यमार्फत् अमेरिकी सेनालाई सहयोग गर्ने अफगानिस्तानका नागरिकलाई कुनै आक्रमण नगर्ने बताएको छ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने औपचारिक प्रक्रिया गत १ मे बाट शुरु भएको थियो। त्याे समय २५ सयदेखि ३५ सयसम्मको संख्यामा अमेरिकी सेना अफगानिस्तानमा रहेका थिए।

प्रकाशित मिति: : 2021-06-11 08:42:00

प्रतिकृया दिनुहोस्