मदन भण्डारीले नेतृत्व गरेको त्यो एमाले, माधव नेपालको यो निर्णय

नेपाल खबर

काठमाडौं

यसपटक नेकपा एमालेका ‘निष्कासित’ वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना आन्तरिक विपक्षी एवं अध्यक्ष केपी शर्मा ओलीको ‘एकता प्रस्ताव’रूपी ‘पासो’मा पर्नबाट आफूलाई बचाउन सफल भएका छन्।

सम्भवतः नेपालको यो निर्णय आफ्नै समूहका केही नेता र अन्य धेरै व्यक्तिको अनुमानविपरीत हो। तर मेरो विचारमा यसअघि ओलीका ‘जाल’मा पटकपटक फसेका पूर्वप्रधानमन्त्री नेपालले यसपालि अनपेक्षित ढंगले एकदमै उचित निर्णय गरेका छन्।

अहिले सरसर्ती हेर्दा जारी एमाले विवाद एउटा पार्टीको आन्तरिक व्यवस्थापनको विवाद हो। यस हिसाबले हेर्दा यो एमाले नेता/कार्यकर्ताको मात्र राजनीतिक भविष्यसँग सरोकार राख्ने विषयजस्तो देखिन्छ।

यसैले हुन सक्छ, नेपाल पक्षकै केही नेताले जुनसुकै मूल्यमा एमाले ‘एकता’मा मात्रै जोडबल गरिरहेका पनि छन्। तिनले आफ्नै पद र सुख–सुविधाका लागि मात्रै राजनीति गरिरहेका हुन् भने यो स्वाभाविकै हो। यसबीच छेपारोले रङ फेरेझैं एकाएक नेपाल समूह छाडेर ओलीको भजन गाउन पुगेका केही नेताले यसको पुष्टि पनि गरिसकेका छन्।

प्रकाशित मिति: : 2021-06-10 11:24:00

प्रतिकृया दिनुहोस्