वर्षाले घर भत्किदा मुम्बईमा ११ जनाको मृत्यु

Photo : NDTV
Photo : NDTV

दुई दिनदेखि परेको अविरल वर्षाले भारतको मुम्बईमा चार तले घर भत्किदाँ ११ जनाको मृत्यु भएको छ।

बृहन्मुम्बई नगर निगमका अनुसार बुधबार राति दक्षिण मलाडको न्यू कलेक्टर परिसरमा एक घर भारी वर्षाले भत्किएपछि ठूलो मानवीय क्षति भएको छ।

दुर्घटनामा परी थ्रुपै गम्भीर घाइते भएका छन्। उनीहरूलाई मुम्बईस्थित बीडीबीए अस्पतालमा भर्ना गरिएको छ। क्षतिग्रस्त चार तले घर वरिपरीका अन्य आवासीय संरचनासमेत प्रभावित भएको मलाड प्रहरीले जनाएको छ।

यस क्षेत्रका सबै नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षाका कारण मुम्बई जनजीवन प्रभावित छ। मायानगरी पूरै जलमग्न बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2021-06-10 08:35:00

प्रतिकृया दिनुहोस्