एक घण्टाकाे लागि अचानक सामाजिक सञ्जाल अवरुद्ध

बिएल संवाददाता

वासिङ्टन डीसी

बिहिबार करिब एक घण्टा सामाजिक सञ्जाल 'फेसबुक', 'ह्वाट्स एप्स' र 'इन्स्ट्राग्राम'को सेवा अचानक अवरुद्ध हुँदा संसारभरका करोडौं प्रयोगकर्ताहरुलाई असुविधा भएको छ।

प्राय मान्छेहरुको अभिन्न जीवन शैली बनेको यी सामाजिक सन्जालहरु अवरुद्ध भए पनि हाल यो सुचारु भइसकेको फेसबुक मुख्यालयले जनाएकाे छ।

फेसबुकले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकाे हाे।

ब्रिटेनबाट प्रकाशित हुने पत्रिका 'डेली मेल'ले दिएको जानकारी अनुसार यो समस्या अमेरिका, मोरक्को, मेक्सिको र ब्राजिलमा पूर्णरुपमा र भारतलगायत देशहरुमा आंशिक रुपमा देखिएको थियो।

त्यस्तै अर्को लोकप्रिय माइक्रो ब्लगिङ्ग साइट 'ट्विटर'मा पनि समस्या आएको भए पनि ट्विटरले त्यसलाई त्यस्तो गम्भीर समस्या नभएको बताएको छ।
 

प्रकाशित मिति: : 2021-06-10 08:14:00

प्रतिकृया दिनुहोस्