चट्याङ लागेर बंगालमा २० जनाको मृत्यु

Photo: Pickpik
Photo: Pickpik

भारतको दक्षिण बंगालस्थित तीन जिल्लामा सोमबार चट्याङ लागेर कम्तीमा २० जनाको मृत्यु भएको छ।

भारतीय समाचार एजेन्सीका अनुसार भारी वर्षापछि बंगालमा चट्याङ पर्दा ठूलो मानवीय क्षति भएको हो। मुर्शिदाबाद र हुगली जिल्लामा नौ–नौ र पूर्वी मेदिनीपुर जिल्लामा दुईको चट्याङ लागेर मृत्यु भएको राज्यका आपत प्रबन्ध अधिकारीले जनाएका छन्।

मुर्शिदाबार जिल्लामा चट्याङ लागेर गम्भीर घाइते भएका अन्य तीन जनाको जंगीपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ। कोलकत्तासहित दक्षिण बंगालका प्रायः जिल्लामा सोमबार दिउँसोदेखि भारी वर्षा भएको छ।

प्रकाशित मिति: : 2021-06-08 09:40:00

प्रतिकृया दिनुहोस्