बौद्धमा आधा जलेको अवस्थामा मानिसको खुट्टा भेटियो, अनुसन्धान गर्दै प्रहरी (अपडेट)

शनि शाक्य

काठमाडौं

काठमाडाैंकाे बाैद्धस्थित नयाँबस्तीमा आधा जलेकाे अवस्थामा मानिसकाे खुट्टा भेटिएकाे छ।

आज (मंगलबार) बिहान शव भेटिएकाे भनिए पनि प्रहरी अनुसन्धानपछि मानिसकाे घुँडामुनिकाे खुट्टाकाे भाग जलेकाे अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ।

घटनास्थल नजिकै घर भएका सुन्दर खनाल बिहान पूजा गर्ने दूबो टिप्न बाहिर निस्किदाँ बाेरामा खुट्टा देखेपछि प्रहरीलाई शव भेटिएकाे भनेर खबर गरेका  थिए।

घटनाबारे थप अनुसन्धान सुरू भएकाे महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख एसएसपी अशाेक सिंहले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्। 

‘मानिसकाे घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो। हेर्दा एक साता अगाडीदेखि नै खुट्टा अलगिएकाे जस्ताे देखिन्छ।’ एसएसपी सिंहले भने। 

खुट्टा पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

 

प्रकाशित मिति: : 2021-06-08 08:54:00

प्रतिकृया दिनुहोस्