श्रीलङ्कामा भारी वर्षाको कारण १४ जनाको मृत्यु, दुई लाखभन्दा बढी प्रभावित

Photo : Groundviews.org
Photo : Groundviews.org

श्रीलङ्कामा भारी वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु भएको र दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभाबित भएको अधिकारीहरूले बताएका छन्।

मृतकमध्ये पाँच व्यक्ति राजधानी कोलम्बोबाट ८० किलोमिटर टाढा रहेको केगालेका रहेका छन् भने तीन रत्नपुरा जिल्लाका रहेका छन्। बर्षापछि आएको बाढीका कारण केही व्यक्ति हराइरहेका र केही घाइते भएकाे बताइएको छ।

श्रीलङ्काको विपत् ब्यवस्थापन केन्द्रका अनुसार १५ हजार ६५८ व्यक्तिलाई जोखिमयुक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ भने ८०० घरहरूमा आंशिक तथा पूर्ण क्षति भएको छ।

श्रीलङ्काको मौसम विज्ञान विभागले जारी गरेको मौसमसम्बन्धी पछिल्लो प्रतिवेदनमा आगामी केही दिनमा कतिपय स्थानमा १५० मिलिमिटरभन्दा बढी बर्षा हुने पूर्वानुमान गरिएको छ।

यसैबीच श्रीलङ्काको नौसेनाले बर्षापछि नदी किनारहरू र गहिरो क्षेत्रका बस्तीमा जोखिम बढ्ने चिन्ता व्यक्त गरेको छ।

कोपुम्बुको बाहिरी इलाकामा रहेको सपनी सापुगास्कान्डा तेल प्रशोधन केन्द्रमा जान हिँडेका इन्धन गाडीहरूलाई बाढीले बगाउनसक्ने भनी यस पहिले चिन्ता व्यक्त गरिएको भएपनि यो खतरा तत्काललाई टरेको छ।

शनिबार भारी वर्षापछि तेल प्रशोधन केन्द्रमा राखिएको ट्याङ्कीलाई पानीले बगाउने र यसका कारण जलचरलाई खतरा बढेको बताइएको थियो। प्रतिकूल मौसमका कारण स्वास्थ्य मन्त्रालयले खोप कार्यक्रम पनि अवरोध भएको जनाएको छ।

स्वास्थ्य सेवाका उपमहानिर्देशक हेमन्था हेराथले स्थानीय सञ्चारमाध्यमलाई बाढी प्रभासवत जिल्लाहरुमा खोप कार्यक्रम स्थगित नभए पनि भारी वर्षाका कारण अधिकारीहरुले शत प्रतिशत काम गर्न नसकेको बताए। 

प्रकाशित मिति: : 2021-06-07 06:54:00

प्रतिकृया दिनुहोस्