
बिएल संवाददाता
सिन्धुपाल्चाेकमा एक दलित परिवारमाथि हमला भएको छ।
जुगल गाउँपालिकाको ध्यादुममा हरि नेपालीको परिवारलाई स्थानीयले ढुङ्गामुढा गरी कुटपिट गरेको हुन्।
करिब २० वर्षदेखि ध्यादुममा बस्दै आएका नेपाली परिवारीलाई टोलका स्थानीयले दलित भएर माझाँ-गाउँमा बसेको भन्दै पटक–पटक बसाइँ सर्न दबाब दिदै आएका थिए।
सोही बाहानामा गत बुधबार स्थानीय गोविन्द श्रेष्ठ र श्रीमती ललिता श्रेष्ठले कुटपिट गरेको पीडित नेपालीले बिएल नेपाली सेवालाई बताए।
नेवार बस्ती रहेको उक्त गाउँमा एउटा मात्रै दलित परिवार रहेको छ। बस्तीको बीचमा रहेका उनको परिवारले छोइछिटो हुने भन्दै स्थानीयले बारम्बार बसाइँ सार्न धम्कीसमेत दिदै आएको पीडितले बताए।
‘पहिलेदेखि नै तिमीहरु दमाई माझाँ गाउँमा नबस् भन्दै धम्काउथे। अस्ति साँझ त आएर हाम्रो घरमा ढुङ्गामुढा नै गरे र श्रीमतीमाथि झम्टिए’, पीडित नेपालीले भने।
दलित भएकै कारण लामो समयदेखि पीडा सहदै आएका उनीहरुले कुटपिटपछि धम्की आएकाे कारण प्रहरीमा उजुरी गरेका थिएनन्। तर स्थानीय युवाको सहयोगमा आइतबार मात्रै प्रहरीमा उजुरी गरेको स्थानीय सुशिल नेपालीले बताएका छन्।
उनीहरुले इलाका प्रहरी कार्यालय जलविरेमा उजुरी दर्ता गरेका हुन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया