राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन युवा पक्राउ परेका छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका-९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
राउटे समुदायका दुई जना युवतीलाई होटलमा लगेर जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि उनीहरुलाई पक्राउ गरे प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन्।
अहिले राउटे समुदाय गुर्भाकोट नगरपालिकामा बस्दै आएका छन्। घटनाको बारेमा थप अनुसन्धान थालिएको डीएसपी घर्तीले बताए।