डीएसपी खड्का कारवाहीमा, ठमेलका व्यापारीसँग रकम असुलेको आरोप

फाइल तस्वीर
फाइल तस्वीर

निषेधाज्ञामा ठमेल क्षेत्रका केही रात्रीकालीन व्यवसायीसँग मिलेर अवैध गतिविधीलाई प्रोत्साहन दिएको खुलेपछि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डीएसपी दिपक खड्का कारवाहीमा परेका छन्।

यसअघि पनि कार्यक्षमता सन्तोषजनक नभएको आर्थिक लाभ लिने गरेको र ठमेल क्षेत्रका केही रात्रीकालीन व्यवसायीसँग मिलेर मनोमानी गर्ने गरेको गुनासो आउने गरेको थियो।

निषेधाज्ञामा समेत ठमेलका केही क्लबसँग मिलेर राति संचालन गर्न दिएको खुलेको छ।

डीएसपी खड्काले ठमेल क्षेत्रमा खराब आचारण भएका केही व्यत्तिलाई संरक्षण दिएर अन्य व्यापारीबाट रकम असुली गर्ने गरेको गुनासोपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनीविरुद्ध छानविन समिती नै बनाएको थियो।

छानविन समितीको अनुन्धानपछि डीएसपी खड्कालाई रेहडमा जनिनेगरी नैसियत दिइएको हो।

छानविन समितिले दोषी ठहर गरेपछि डीएसपी खड्कालाई कारवाही गरिएको महानगरीय प्रहरी आयुक्त एआईजी हरि पालले जानकारी दिए।

'उनको बारेमा धेरै गुनासो आएको थियो। हामीले अनुसन्धान गर्यौं। दोषी देखिए, कारवाही गरिएको हो, कानुन भन्दामाथि कोही छैन', एआईजी पालले भने

कारबाहीसँगै खड्कालाई  सोह्रखुट्टेबाट हटाइएको छ। खड्का १६ महिनादेखि सोह्रखुट्टेमा कार्यरत थिए।

प्रकाशित मिति: : 2021-06-06 12:30:00

प्रतिकृया दिनुहोस्