ए पिडा !

Breaknlinks
Breaknlinks

ए पीडा किन सुस्त-सुस्त आउँछस्,
हरक्षण हरप्रहर किन सताउँछस्।
कमसेकम पूर्व जानकारी दिएर त आ,
जादाँ कहिल्यै नफर्किने गरि त जा।
ए पीडा किन सुस्त-सुस्त आउँछस् !

झट्ट जता मन लाग्यो उतै जान्छस्,
भन् न पीडा के दिउँ त के चाहान्छस् ?
कति तड्पाएर राख्छस् सबैलाई,
कस्ले भनेको मान्छस्  त, पुकारौ कस्लाई ।
ए पीडा किन सुस्त-सुस्त आउँछस् !

कहिल्यै त मैलेजस्तै बाटो बिराउनु नि,
एकान्तमा एक्लै रमाउनु-हराउनु नि।
कति अरुलाई दु:ख दिएर खुशी हुन्छस्,
कहिलेकाहीँ त पनि धित पुर्याइ सुत्नु नि ।
ए पीडा किन सुस्त-सुस्त आउँछस् !

दुई दिनको जिन्दगीमा हाँस्न दे न,
खुशीसाथ दुई साँझ बाँच्न दे न।
कति अरुको पछि लागेर बस्छस् सधैँ,
आफन्त साथिभाई भेट्न जा न।
ए पीडा किन सुस्त-सुस्त आउँछस् !

ए पीडा अब आउँदा खबर पठाएर आउनु,
म स्वागतको लागि तयार भई बसुलाँ,
तलाइ सधैँ आउन गार्हो, मलाइ झेल्न गार्हो,
अब एकैचोटि आ बरु, मलाई पनि सँगै लगेर जा।
ए पीडा किन सुस्त-सुस्त आउँछस् !

प्रकाशित मिति: : 2021-06-05 16:35:00

प्रतिकृया दिनुहोस्