कमलाको एक छाक गाँसको आशा, काम भएको भए खानका लागि को यसरी धाउथ्यो ?

पहिलोपोष्ट

काठमाडौँ

प्रवीण रानाभाट

दुई साता भयो कमला कुमालले ठमेलको ठेलमठाल भिड छिचोलेर हात थाप्न थालेको। त्यो पनि केही किलो चामल र दुई छाक नुन भुटुनको जोहोको लागि। आज पनि उनी भिडमा थकेलिदैं थिइन्। केही दिनदेखिको चर्को घाम अनि छाक टार्ने जिम्मेवारीले सवितालाई चिर्चिराहट गराएको थियो।

मिन्ज फाउन्डेसनले निषेधाज्ञा भएदेखि प्रत्येक हप्ता खाना नपाएकाहरूलाई खाद्यान्न वितरण गर्दै आएको छ। राजधानीमा निषेधाज्ञाको मारमा पिल्सिएका आम सर्वसाधारण खाद्यान्न लिन शुक्रवार ठमेल पुग्छन्। दाताले दिने भन्दा बढी मानिसको भिड भएपछि कुपन सिस्टमबाट खाद्यान्न वितरण भइरहेको छ। खाद्यान्न पाउने आशामा सविता पनि ठमेल धाउँछिन्।

'कोठामा खानेकुराको गेडो छैन। काम नभएपछि आम्दानी हुने कुरै भएन। त्यसैले दुई सातादेखि खाद्यान्न पाइन्छ कि भनेर धाइरहेको छु,' कमलाले सुनाइन्।

सविता छोरी, ज्वाइँ र १७ महिनाको नातिसँग काठमाडौँको ठैंटी बस्दै आएकी छिन्। निषेधाज्ञाअघि ललितपुरमा एक घरमा काम गर्दै आएकी थिइन्। काठमाडौँ उपत्यकाभित्र बढ्दो कोरोना सङ्क्रमण सँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्‍यो। सविताको काम धाम टुट्यो। त्यसपछि सविताको चुलो बल्नै धौंधौं भयो। केही दिन त आफूसँग भएको रकमले जेनतेने निर्वाह भयो।

प्रकाशित मिति: : 2021-06-04 17:07:00

प्रतिकृया दिनुहोस्