यसरी बन्दैछ मधेस मरुभूमि

देशसञ्चार

काठमाडौँ

बिहीबार प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई पत्र पठाउँदै ‘मधेसलाई मरुभूमि बनाउने कदम नसच्याए आवश्यक निर्णय लिइने’ चेतावनी दिएका छन्।

गत साता सरकारले अध्यादेशबाट जारी गरेको बजेटमा ‘खानीजन्य ढुँगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने’ उल्लेख गरेको थियो।

त्यतिले मात्र नपुगेर यी सामग्रीहरु निकासी विन्दुसम्म लैजानका निम्ति रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार शूल्कमा समेत छुट दिइने कुरा बजेटमा उल्लेखित थियो।

यसरी हाम्रा ढुँगा, गिट्टी र बालुवा ठूलो मात्रामा निकासा हुने भनेकै भारतमा हो, जहाँ उताका सरकारले यस्ता वस्तु निकाल्न रोक लगाएको छ भने उसकहाँ व्यापक मात्रामा चलिरहेको विकास निर्माण कार्यका लागि आवश्यक यी वस्तुका निम्ति सदैव नेपालतर्फ ताक्ने गरेको छ।

प्रकाशित मिति: : 2021-06-04 10:12:00

प्रतिकृया दिनुहोस्